खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते, केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १३:३५ बजे
दुर्घटना
खोटाङ । खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको  छ।
बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्‍याउने काम  भइरहेको छ । केहीलाई जिल्ला सदरमुकाममा र केहीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको  बताएका छन् । 
२०७९ पुष १० १३:३५ बजे

प्रतिक्रिया