धनुषामा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु, एक घाइते

bimbonline ढल्कवेर
२०७९ पुष ६ २१:०२ बजे
दुर्घटना

धनुषा । धनुषामा विंङ्गरले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने ,एक युवक गम्भीर घाइते भएका छन् । 

धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डमा पर्ने सवैला नगरपालिका-१० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विंङ्गरले ज.११ प.५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बुधबार सांझ करिब ७ बजे भएको सो दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृतक र घाइतेको पहिचान भने खुल्न  बाँकी  रहेको प्रहरीले जनाएको छ । 

मृतकको शवलाई पोस्टमार्टम र घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको खरिहानी प्रहरीचौकीले जनाएको छ ।यता धनुषामा केहि देखि निरन्तर रुपमा दुर्घटना भइरहेको छ

२०७९ पुष ६ २१:०२ बजे

प्रतिक्रिया