सुदुरपश्चिममा व्याप्त छाउपडी प्रथामा आधारित देउडा गीत 'लिलु' सार्वजनिक

सुदुरपश्चिममा व्यप्त छाउपडी प्रथामा आधारित देउडा गीत 'लिलु' सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ ०९:५५ बजे
lilu song

 काठमाडौं । सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथामा आधारित देउडा गीत 'लिलु' सार्वजनिक भएको छ ।

'बालापन सकीयो अब खुनको धारो बग्यो'

'दुस्मन पाछा लागि–लागि परान मेरो सक्यो'

देउडा गितमा अछाम सहित सुदूरपश्चीमा ब्यप्त रहेको छाउपडी कु-प्रथालाई जस्ताको त्यस्तै उतारिएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ ।

रजश्वला भएको महिलालाई छाउपडी भन्ने गरिन्छ। रजश्वला भएको समयमा घरभित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भंग हुने अन्धविश्वास भएका कारण परिवारले घरभित्र बस्न हुदैन गोठमा बस्नु पर्छ भन्ने उदाहरण सुदूरपश्चिमका पहाडी जिल्ला मा प्रशस्तै पाइन्छ। समाजमा एकपछि अर्को परिर्वतन हुँदै गएपनि अन्धविश्वासले बर्सेनि छाउपडी भएका बेला छाउ गोठमा कयौं महिला बलात्कार हुने, सर्पले टोकेर ज्यान जाने, चिसोले कठ्याङ्ग्रिएर र कतिपय महिला बढी रक्तस्राव भएर पनि मृत्यु हुने लगायतका घटनाहरू अझै पनि प्रसस्त मात्रा रहेको छ। 'लिलु' पनि ति मध्यका एउटा पात्र हुन ।

गौरव गिरि र एलपी शर्माको शब्द सिर्जनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय देउडा गायिका रेखा जोशी, गौरी भट्ट, पुजा देवकोटा र रोहित देउवाको स्वर रहेको छ ।  पुजा देवकोटा,रोशनी कार्की, एलपी शर्मा र भद्रजङ कुँवर लगाएतका कलाकारको अभिनय रहेको उक्त गीतको निर्देशन गौरब गिरिले गरेका हुन ।

गीतको भिडियोको सुरुवातमा एक महिला पहिलो पटक महिनावारी हुदा  छाउपडी गोठमा बस्न्नु पर्न्ने र छाउगोठ्मा सुतिरहेको बेला बलात्कृत भैइ छाउपडी कु(प्रथाकै कारण एउटा अवोध चेलीले मृत्यु परण भोग्नु परेको समाजको बास्तविक घटना यश भिडियोमा समेटिएको छ ।

यस्ता जनचेतनामूलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने गीत निर्माण टिमको विश्वास छ ।

२०७९ असार २८ ०९:५५ बजे

प्रतिक्रिया