मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ ११:५८ बजे
दुर्घटना
काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मकवानपुरको बकैया–३ हात्तिसुढेमा दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा  ज्यान गएको हो । श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा  ज्यान गएको हो । 
मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा लामा घाइते भएका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन् । 
२०७९ मंसिर १४ ११:५८ बजे

प्रतिक्रिया