आगामी मंसिर ४ को निर्वाचन बहिष्कार प्रगतिशील परिवर्तनको आधार !

bimbonline लाल बहादुर जाग्री
२०७९ कात्तिक २२ १५:१२ बजे
लाल बहादुर जाग्री

 
लाल बहादुर जाग्री ,काठमाडौं ।
 बहुदलीय संसदीय व्यवस्थामा फरक सिध्दान्त ,विचार र कार्यदिशामा छुट्टै आफ्नो विचार वा  चुनावी एजेण्डा लिएर आम मतदाता  कहाँ जान्छन। पार्टी वा उम्मेदवारका एजेण्डालाई विश्वास गर्ने मतदाताले सो पार्टी वा उम्मेदवार को प्रतिबिम्ब हुने चुनाव चिन्हमा छाप लगाएर आफू सँग भएको सार्वभौम अधिकार सम्बन्धित दल वा उम्मेदवारलाई प्रत्यायोजित गरेको हुन्छ ।अहिलेको चुनावमा पार्टीहरू को कुनै एजेण्डा छैन। सँघियताका पक्षधर र विरोधी पार्टी, आधारभूतरूपमा विपरित विचार र लक्ष्य वोकेका वामपन्थिकांग्रेस  पार्टीहरूको अप्राकृतिक गठबन्धनको नेतृत्व कांग्रेसले गरेर चुनावमा आएका छन्। एमालेको नेतृत्वको गठबन्धनमा राप्रपा ,जसपा राप्रपा नेपाल, रहेको छन्। सत्ता र सरकार शेर बहादुरले चलाउने प्रतिगमन के.पि. ओलीको गठबन्धनले गर्ने भन्ने हास्यात्मक कुरा बाहेक केही पनि होइन। प्रतिगमनको खतरा बाहिर देखाउने दाँत मात्र हो भित्रि कुरा पार्टीहरू एक्ला-एक्लै चुनाव लडेमा जित्न नसकिने हुँदा  चुनाव जित्न गठबन्धनको अपवित्र बाटो रोजेका हुन। यसमा सामेल भएका सबै दलका कार्यकर्तालाई विचार, सोच, चरित्र ,आनिबानी  र  अनुशासनका हिसाबले  का‌ग्रेस हुन बाट अब यि दलहरुले  कसैलाई रोक्न सक्ने छैनन्। राजमो ,समाजवादी र माओवादीकेन्द्र दलले केही समय पछि यसको परिणाम भोग्दै जाने छन्।

राजनीति सत्ता प्राप्तिका लागी गरिन्छ तर त्यो राजनीति सिद्धादन्त, विचार , नैतिकता र आदर्श विनाको सत्ता र पद प्राप्तिको कुनै अर्थ हुदैन। राजनीतिमा सिध्दान्त, विचार आर्दश र नैतिकता छोड्ने हो भन्ने प्रधानमन्त्री ,मन्त्री, सांसद पद त पञ्चायत व्यवस्था, वहुदलिय संसदीय व्यवस्था ,राजाको कालमा र अहिलेको व्यवस्थामा  पनि प्राप्त गर्न सक्ने नेता थुप्रै छन्। मुख्य कुरा आफ्नो सिध्दान्त नीति र विचारलाई लागू गर्नका लागी सत्ता र सरकारमा गएर प्रधानमन्त्री ,मन्त्री  हुने हो । तलब भत्ता र भ्रष्टाचार गर्न का लागी मन्त्री हुनुको कुनै अर्थ छैन। त्यो भन्दा त कृषि उत्पादन गर्नु कयौं गुणा नैतिक काम हो। सिध्दान्त,विचार आर्दश र नैतिकता छोडी प्रधानमन्त्री ,मन्त्री, सांसद पदका लागी गरेका गठबन्धन हुन। यिनीहरू लाई भोट दिनुको कुनै अर्थ छैन। अर्को शब्दमा मृतप्रायः भएको दलाल संसदीय व्यवस्थाको श्वासप्रश्वास सम्म चलाउनका लागी गरिएको गठबन्धन हुन।

(नेकपा-मसाल)ले वैधानिक मोर्चा राजमोको नाम वाट करिव ३० वर्ष देखि यस व्यवस्थाको भण्डाफोर गर्न संसदीय व्यवस्थाको उपयोग गर्दै आएकोमा संसदीय व्यवस्थाको शुरुवातीको समयमा राजमोका साँसदले यस व्यवस्थाको भण्डाफोर गर्ने काममा केही सकरात्मक भुमिका निर्वाहगरे पनि वर्ग सँघर्षलाई पार्टीले तिलाञ्जली दिदै आएको छ। सँसद उपयोगको नाममा पार्टी नेता कार्यकर्ता को  विचार सोचाइ र व्यवहार पनि सँसदवादी हुदै जादा  नयाँ पुस्ताका पार्टी सदस्यहरु ले नेकपा(मसाल) र अन्य संसदीय पार्टीहरूको दस्तावेजको लेखाइमा केही फरक देखे पनि व्यवहार ,जिवनशैली र कार्यव्यवहारमा अन्तर छुट्याउन नसकिने अवस्था भएको सन्दर्भमा आठौ महाधिवेशन वाट नितिमा पनि आधारभूतरूपमा नै नेकपा(माओवादीकेन्द्र) र मसालका विच तात्वयिकरुपमा फरक नहुने गरि दक्षिणपन्थि नीति अवलम्वन गर्यो। राजमोले वाग्लुङ, प्युठान र अर्धाखाची जिल्लामा पटक-पटक सांसद र अधिकाँश गाउँ \  नगरपालिका अध्य्क्ष्पा\ध्यक्ष र प्रमुख्उपप्रमुख जिते पनि जनसत्ताको अभ्यास गर्नु त धेरै टाढाको कुरा भए पनि भक्तपुरमा नेमकिपाले गरेका सामन्य सुधारका काम सम्म नगरे पछि क्रान्तिकारी पार्टी सदस्य र जनताले काग्रेस,एमाले , माओवादीले जितका पालीका  र मसालले जितका  पालीकामा कुनै फरक देख्न सकेका थिएनन्। यसले व्यवहारमा पार्टीको क्रान्तिकारी  स्प्रिटमा न्हास आउनुका साथै पार्टी कार्यकर्ताको उर्जा समाप्त भए पछि चुनाव देखि चुनाव सम्म संसदीय व्यवस्थाको गोलचक्करमा करिव ३० वर्ष रह्यो  पछि नेतृत्व घोषित रुपमा नै दक्षिणपन्थमा पतन भएर गयाे ।  हामीहरुले दक्षिणपन्थिहरु सँग निर्मम सँघर्षगर्दै  कम्युनिष्ट आन्दोलनका लाई अगाडी वढाउने प्रयास गर्यो भन्ने मसलाको नेतृत्व सत्ता गठबन्धनमा  सामेल भए दलाल  संसदीय व्यवस्थाको भरण पोषण गर्दै आएको छ। 

नेकपा(मशाल)को वहिष्कारले निरन्तताको क्रमभङग्ता गर्नुका साथै मसालको क्रान्तिकारी स्प्रिट रआत्मालाई पुनःजिवत गरि पार्टी कार्यकर्तालाई चुनावी गोलचक्कर वाट मुक्त गरी नयाँ जनवादीक्रान्तिको दिशामा सचेतरुपमा अगाडी वढाउदै ग्रामिण र शहरिया जनताका समस्या सँग जोडिएर  ग्रामिण वर्ग सँघर्ष र सहरिया आन्दोलन दुवैलाई समायोजन गरि क्रान्तिकारी आन्दोलन अगाडी वढाउनु को विकल्प रहेन।

कतिपय पार्टी्व्यक्तिहरुले देशभरी एउटा पनि  सिट नजित्ने भएको हुँदा नेकपा(मशाल)ले संसदीय चुनाव वहिष्कार गरेको हुन भनि मिथ्या आरोप लगाउने गरेका छन।प्रतिनिधि सभाको एक सय पैसठ्ठी सिटका लागी अठचालिस वटा दल र स्वतत्र गरि दुइ हजार पाँच सय छव्विस जना र प्रदेश सभा सदस्यहरुका लागी तिन हजार चार सय छहत्तर जनाले उम्मेदवारी दिएका छन्। यि सवैले चुनाव जित्ने होइनन् केवल प्रतिनिधि सभा मा एक पैसठ्टी र प्रदेश सभामा तिन सय तिस जनाले मात्र चुनाव जित्त्ने हुन। चुनावको जितहार लाई मात्र आधार मान्ने हो भने हार्ने पार्टी वा व्यक्तिले उम्मेदवारी नदिइ बहिष्कार गर्नु पर्ने तर यिनि दल र व्यक्तिले वहिष्कार गरेका छैनन्। सवाल चुनाव जित्ने वा हार्नेको होइन कुन नीति अवलम्वन गर्दा क्रान्तिकारी कम्युनिष्ट  आन्दोलनलाई अगाडी वढाउन सकिन्छ भन्ने मुख्य कुरा हो। कम्युनिष्टहरु ले चुनाव उपयोगका नाममा चुनावी घनचक्करमा परि सँसदवादी हुने र वहिष्कारका नाममा जनता वाट वहिष्कृत हुने दुवै गल्ति गर्नु हुदैन।ठोस परिस्थितिको ठोस विश्लेशण गरि परिस्थिति र अवस्था अनुसार चुनाव उपयोग र वहिष्कार दुवै गर्नु पर्छ। घिउँ स्वाथ्यका लागी फाइदाजन हो जुन व्यक्ति स्वस्थ छ तर त्यहि घिउँ ग्याष्टिक विरामी व्यक्तिके खाएमा हानिकारक हुन्छ । व्यक्तिको स्वास्थ्यको अवस्थाले घिउँ खाने कुरा को सहि  र गलत छुट्याए झै क्रान्तिकारीहरु ले पनि परिस्थिति अनुसार निर्वाचन वहिस्कार र उपयोग गर्नु सहिहुन्छ।

यस अधिको निर्वाचनमा वामगठवन्धन लाई जनताले करिव दुइतिहाइ वहुमत दिएर पठाएको अवस्थामा यिनिहरुको अर्कमण्यता असक्षमता र पदको छिनाझम्टिले गर्दा पाँच वर्ष पुरा अवधि सरकार चलाउन नसकेर वामगठवन्धन मध्येका माओवादी केन्द्र,नेकपा(समाजवादी),राजमो  कांग्रेस गठवन्धमा सामेल भएर अर्को सरकार निर्माण गरि सञ्चलान गरे। दुवै गठवन्धनवालाहरु को शासन  पाँच वर्षको अवधिमा देशमा रोजगारी नपाएका कारण तिन लाख विदेश गए,महङी सयौ गुणा वृध्दि गरे, सोह्र लाख भुमिहिनहरुले केही पनि पाएन। भ्रष्टाचार दिन प्रतिदिन वृध्दि जादा यो अवधिमा अख्तियारमा  चौरासी हजार एक सय सोह् मुद्दा दर्ता भएका छन । मुद्दा दर्ता नभएका भ्रष्टचारका घटना कयौं छन्। यो निर्वाचनमा दश अर्व चार करोड रुपिया राज्यकोष वाट निर्वाचनका लागी खर्च हुदैछ।यति ठुलो रकम ले  वाह् सय किलो मिटर पक्कि सडक  निर्माण हुने थियो।  यिदल र उम्मेदवार लाई भोट दिनुको औचित्यता नै नभएको हुँदा भोट नदिइ वहिष्कार गरि कंम्युनिष्ट व्यवस्थाका लागी अगाडी वढ्नु पर्छ।

कतिपय व्यक्तिहरु लाई यो चुनाव वहिष्कार गर्न पाउदैनन् भन्ने भ्रम पनि परेको छ। सविधानले कुनै दल वा व्यक्तिको विचार अभिव्यक्ति र बिना हातहतियार शान्तिपुर्णक भेला ,प्रर्दशन गर्ने अधिकारको ग्यारेण्टी गरेको अवस्थामा  यो चुनाव मा भ्रष्टाचारी,देशद्रोह जनविरोधि पार्टी र उम्मेदवार लाई मतदान नगरी वष्हिकार गर्न आफ्नो विचार विभित्र माध्यम वाट जनता समक्ष पुन्याउने अधिकार  सवै लाई छ। वहिष्कारका लागी शान्तिपुर्णरुपमा सभा ,प्रर्दशन गर्ने अधिकार पनि  सविधान र कानुनले दिएको हुँदा यो कानुन र सविधानको पालना सरकार, दल सवै ले गर्नु पर्ने होला । सर्वोच्च अदालतले कुनै दल वा उम्मेदवारलाई मतदाताले मतदान गर्न चाहन्न भन्ने नो भोट को चिन्ह मतपत्रमा व्यवस्था गर्नु भनि सरकार र निर्वाचन आयोगलाई आदेश गरेको अवस्थामा सो व्यवस्था मतपत्रमा नगरे पछि वहिष्कार गर्नु को विकल्प रहेन।
  (लेखक अधिवक्ता तथा नेकपा(मशाल) का केन्द्रिय सदस्य हुनुहुन्छ)

२०७९ कात्तिक २२ १५:१२ बजे

प्रतिक्रिया