सत्तागठबन्धन दल राष्ट्रिय जनमोर्चाका ४७ जनाको उम्मेदवारी खारेज

अयोग्य उम्मेदवार बनाएको परिणाम, रुखमा भोट हाल्नुको विकल्प रहेन

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ९ १४:५६ बजे
राष्ट्रिय जनमोर्चा

काठमाडौं । सत्तागठबन्धनका दलहरूले देशव्यापीरूपमा प्रदेशस्तरीय कार्यक्रम गरिरहेको अवस्थामा  गठबन्धन मध्येको  एक दल चित्र बहादुर केसीले नेतृत्व गरेको  राष्ट्रिय जनमोर्चा ले संसदीय चुनावमा सहभागी भई चुनाव जितेर  संसदीय व्यवस्था बाट नै समाजवादमा पुग्ने उद्देश्य राखी देशका विभित्र ठाउँ वाट समानुपातिक उम्मेदवारहरू को बन्दसूची निर्वाचन आयोगमा पेश गरेको थियो।

राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरू प्रेमा जि.सी., शारदा खत्री,सिमदेवी माझी,सुशिला देवी चौधरी, केर सिह अदै, राधिका सुवेदी, नेक महम्मद ,सुकमाया विश्वकर्मा,तर्थ सिह थापा क्षेत्री, मान बहादुर लो,डिल प्रशाद श्रेष्ठ, रामकृष्ण राना, द्रपता पौडे,दिलमाया दाजै, कलापति चौधरी, हरिकृष्ण पाण्डेय, कमल प्रसाद  तिमल्सिना, रामाघार यादव, अमिता वोहजु (गोसाइ),सुर्जकन्या  वराल प्रदेश सभातर्फ अप्सरा राइ, कृष्ण वहादुर  घले, सितदेवी श्रेष्ठ, लक्ष्मी कुमारी राइ, चन्द्रमाया महर्जन, छवि वहादुर  खनाल, रिता देवी घर्ति, तुलसी राम खरेल, दलिकुमारी खत्री, रामफकिर रैदास, इन्द्र कु। रोक्का, लक्ष्मि  वि.क.,शुशिला कोरी, तारा पुरी, राजु चौधरी, मोमिना खातुन, पुनम नेपाली, कृष्ण बहादुर  शाही, अम्विका गिरि, जँग बहादुर शाही, रूपा देवी  आलेमगर, कोपिला देवी कार्की, देशराज चौधरी, कल्पना बराल समेत  ४७ जना को उम्मेदवारी  मध्ये कतिपयको उमेर नपुगेको र अधिकांशले जरिवाना नतिरेका ले निर्वाचनका लागी उम्मेदवार हुन निर्वाचन कानुनले अयोग्य ठहर भएकोले यिनीहरू सबैको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले एक सूचना प्रकाशित गरि जनाएको छ।

राष्ट्रिय जनमोर्चाका करिव आधा सय उम्मेदवारको उम्मेदवारी खारेज भएपछि यि व्यक्तिको चुनाव चिन्हमा  कुनै पनि मतदाताले मतदान गर्न मिल्ने छैनन्।  मतदान गर्ने चाहने मतदाताले सत्तागठबन्धनको नेतृत्व गरेको काग्रेस पार्टीको रुख वा माकेको हसिया हतौडा वा समाजवादीको कलम  चिन्हमा मतदान गर्नु पर्ने छ । यि पार्टी र उम्मेदवारलाई मन नपराउने मतदाताले चुनाव बहिष्कार गरि घरमा बस्न पनि पाइने बताइन्छ। उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय जनमोर्चा अग्रपङ्तिमा रहेको पार्टी हो।

२०७९ कात्तिक ९ १४:५६ बजे

प्रतिक्रिया