भारतमा रहेका नेपालीले आर्जन गरेको रुपियाँ नेपाल पठाउन बैङ्किङ सेवा आवश्यक

आगामी मसिर ४ गते को निवार्चनमा मतदान नगर्न आफन्तहरूलाई अपिल

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १६:४२ बजे
देब बहादुर लामिछाने

काठमाडौं । अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देब बहादुर लामिछाने सँग बिम्ब अनलाइनका तर्फबाट डम्मर  धामीले  समसामयिक विषयमा लिएको अन्तरवार्ताका सम्पादित अंशहरू

तपाइको राजनीतिक पृष्ठभूमि बताइदिनुहोस् ? 

म सानै उमेर देखि अखिलबाट प्रभावित थिए ।,जानि नजानी २०३५ सालबाटै बहुदल भन्दै हिडियो। २०३६ सालमा पहिलो पटक अखिलको सदस्य लिएको हुँ र अनेरास्ववियु समर्थन गर्दै आए । तर २०३८ पछिबाट गाउँमा भने ९ रुपलालले नेतृत्व गरेको पार्टीको विद्यार्थी संगठन (क्रान्तिकारी) विद्यार्थी सङ्घमा रहेर काम गर्न शुरु गरे । तर राजनीतिको बारेमा त्यति थाहा थिएन।, कम्युनिष्ट बन्नुपर्दछ भन्ने थियो। २०४३ सालमा भारतमा आएपछि एकता समाजको प्रभाव पर्यो , खेलमा रुचि थियो त्यसपछिबाट भने लगातार अखिल भारत नेपाली एकता समाज काम गर्न शुरु गरे । राजनीति अध्ययन त गरिरहन्छु तर सामाजिक काममा नै बढि व्यस्त छु ।

तपाइ आवद्द संगठनको उद्देश्य के हो ? 

सन् १९८७ साल देखि मैले अखिल भारत नेपाली एकता समाजमा रहेर काम गरिरहेको छु।, हाम्रो संगठनको उद्देश्य भारतस्थित नेपालीहरूको चेतनास्तरको विकास गर्ने, नेपालीहरूको हक-अधिकारको संरक्षण गर्ने , अन्याय अत्याचारको विरोध र सङ्गठित संघर्ष गर्ने , असाहय , पीडित नेपालीहरूलाई सहयोग गर्ने ,लुट (पाट,चोरी,डकैती , ठगहरु देखि सावधान हुन सचेत गराउने, श्रमको उचित मूल्य मान्यताको  प्राप्तिका लागि माग गर्ने , नेपाली संस्कृतिको प्रगति र लोप हुनबाट बचाउने ,नेपालीहरूलाई सहजताको निम्ति थप हक अधिकार माग र संरक्षणमा पहल गर्ने देखि  भारतका प्रशासन, सरकार,कानुन,उपचार जस्ता धेरै कुरामा अविभावकत्व स्मरण गराउँदै सरल र उच्च जीवनयापन नै हाम्रो उद्देश्य हो ।

भारतमा रहेको प्रवासी नेपालीहरूका समस्या के-के रहेका छन? 

भारतमा नेपालीहरूका धेरै समस्या छन् , सर्वप्रथम त भारतीय सरकार र प्रशासनले नेपालीलाई हेर्ने दृष्टिकोण नै अन्यायपूर्ण छ , असमान छ र दुई राष्ट्र बिचको सन्धि सम्झौताअनुसार छैन। अर्को कुरा सामाजिक रुपमा पनि सिमानामा आवत( जावतमा अफ्यारो, बस व्याबसायिहरुद्वारा ठगी, आर्जेको थोरै धन पनि सहज रुपमा नेपालमा पठाउन सक्ने भरपर्दो बैंकिंग सुबिधा छैन नगद साथमा लिएर हिड्नु पर्ने हुन्छ जसको कारण चोरी डकैतिको शिकार हुनुपर्दछ वा अवैध धन्दा डुण्डी जस्ता कारोवारमा फसिन बाध्य छन् । अर्को मुख्य समस्या परिचयको हो नेपालीहरुलाई भारतीय सरकारले मान्यता प्राप्त परिचय पत्रको अति जरुरी छ ।

भारतस्थित नेपालीहरूका समस्या समाधानका लागी सँगठनले के  कस्तो पहल गरेको छ? 

अहिले भारतमा बिभिन्न समस्याको समाधानको निम्ति आफ्ना नागरिकहरुलाई सरकारले मान्यता प्राप्त परिचय पत्र दिने गर्दछ , जस्तै पान कार्ड,आधार कार्ड ,मत पत्र ,पारिवारीक पत्र (राशन कार्ड) र डोमेसायिल आदी । दैनिक जिवनयापनमा उपरोक्त कागजात अत्यावस्यक पर्दछ र कैयौं ठाउँमा अनिवार्य पनि हुन्छ तर हामीलाई उक्त कागजात प्राप्त गर्न सजिलो छैन कहि न कहि झुठ विवरण पेश गर्नु पर्ने हुन्छ यो गहन समस्याको बिषय हो । हामीले लामो समय देखि सरकारसंग सुलभ समाधान गर्नुपर्दछ भन्ने माग जोडदार रुपमा उठाई रहेका छौं ।तर हामीहरुको माग भारत –नेपाल कुनै पनि सरकारले समाधान को प्रयास गरेको छैन। यो समस्या समाधानका लागी हामी निरन्तर सँघर्षमा छौ।

नेपालीहरु हकहित सँरक्षण र सुरक्षाको लागी भारतस्थित राजदुतावासको भुमिका के-कस्तो छ ? 

हामीले लगातार माग गरिरहेका छौं ,राजदुतावासमा पनि कुरा उठाईं रहन्छौं , सरकारलाई ज्ञापन पत्र दिईरहेका छौ , आपसमा पनि सतर्कता अपनाई रहेका छौ र स्थायी समाधान भनेको एकता समाज र सम्बन्धित निकायको छलफल पश्चात दुई देश बिचको सहमति (संझौक्ता ) मा नेपालीहरूलाई अधिकार प्राप्त 'नेपाली परिचय पत्र 'नै दिनु पर्दछ। जसको कारण कहिं छेक-थुन हुन नपरोस् ,भारतमा प्राप्त हक अधिकारको सहजरुपमा उपयोग गर्न सकियोस् ।राजदुतावासको खासै ठोस त्यस्तो केहि भुमिका छैन , कहिले कहिलेआपसमा भोजभतेर गरेको  सुनिन्छ तर नेपालीलाई सहयोग गरेको समाचार सुनेको छैन ।हामी सँग सहकार्य गरेर अगाडी राजदुतले वढ्नु पर्ने हो तर त्यस्तो केहि पनि गरि रहेको छैन।

प्रवासी नेपालीहरु लाई मतदान गर्ने व्यवस्था नगरेकामा नेपालमा रहेका मतदातालाई के भन्नु हुन्छ? 

चुनावमा हामी सधै नेपालमा जाने गर्दछौं तर भारतमा रहेका धेरै जनाको मतदाता नामावलीमा  सुचीमा नामछैन ।  मतदाता सुचीमा नाम कहिले बनाउने , कसरी बनाउने ,कहां बनाउने थाहा हुदैन । गएकाहरुले पनि मतदान गर्न पाउंदैनौं तसर्थ यो सबै सजिलो र सहज बनाउनु पर्दछ भन्ने हाम्रो लामो समयको माग हो र लामो प्रयत्न पश्चात अदालतको आदेश (फैसला) ले प्रवासी नेपालीलाई मताधिकारको व्यबस्था गर्नु भन्ने फैसलाको पनि सरकारले अबज्ञा गरेको देख्दा दुस्खी छौं । यि सबै कारणले पनि हामी चुनाव देखि निरास छौं र अर्को कुरो मतदानको निम्ति आर्थिक खर्चेर र अरु थुप्रै समस्या ब्यबस्थापन मिलाएर त्यति टाढा जानु पर्ने हुन्छ । झन अर्को निरासको बिषय भनेको राजनीति पार्टीहरुको गलत अभ्यास भनौं वा गतिविधीं । हामीले मतदान गरेर प्रतिनिधी बनाउने वहांहरुले राष्ट्रधात गर्ने , महंगी बृध्दी र भ्रष्टचार गर्ने , देशकंगाल बनाउने , एम सी सी जस्ता राष्टधाति संझौता संसदबाटै पारित गराउने , प्रवाशी नेपालीहरूको कुनै वास्ता नगर्ने ,नेपाली जनतालाई कानुन र व्यबस्थाको कुनै अनुभुति नै गराउनु नपर्ने भए पछि मतदान पो किन गर्नु पर्यो र रु तसर्थ म तपाई संचार जगतलाई नेपालमा रहेको प्रवासी नेपालीहरूका घरपरिवार गाँउ समाजका व्यक्तिहरुलाई यस पटकको चुनाव मा मतदान नगरेर वहिस्कार  पनि सवैलाई आग्रह गर्न चाहन्छु। यो संदेश सबैमा पुर्याई दिन अनुरोध गर्दछु ।

भारतमा तपाइहरुको सँगठनात्मक अवस्था के- कस्तो छ? 
हाम्रो संगठन भारतस्थित नेपालीहरूको अविभावक संगठन हो ।४३ बर्ष लामो ईतिहास बोकेको अखिल भारत नेपाली एकता समाज स्थापना काल देखि हाल सम्म निरन्तर नेपालीहरुसंग अविचलित रुपमा छौ।सयौं शहरहरुमा हाम्रा संगठनकर्ताहरु सक्रिय हुनुहुन्छ र नेपालीहरुका हरेक समस्याहरुको समाधान गरिरहनु परेको छ । हामीले भारतमा केन्द्रिय समिती , क्षेत्रिय समिती ,नगर समिती , एरिया समिती र टोल टोलहरुमा टोल समितीहरु निर्माण गरेर काम गरिरहेका छौ 

तपाइहरुको वाहेक अन्य संगठन पनि छन की?

 सबै संगठनका लिखित उद्देश्य र प्रतिबध्दता त राम्रै छन् तर व्याबहारिक बिषयमा स्वार्थ र महत्वकांक्षी छन।, ति संगठनहरुले समस्या समाधानको उपाय उत्पिडनको आधारमा खोज्न सकेका छैनन।,शोषित र उत्पिडतको पहिचान गर्न सकेनन जसको कारण आमजनतामा जान सक्ने कुरा भएन तर एकाध संगठनहरुले अपत्यारिलो प्रयास गरेपनि ब्यक्तिवादी चिंतन , गलतसंगत , महत्वकांक्षी सोच र ब्यक्तिस्वार्थका कारणले तिरस्कृत छन। अन्य संगठनको भुमिका सुन्य प्राय छन।

नेपालमा रहेका पार्टीहरु मध्ये तपाइको संगठनको सम्वन्ध कुन पार्टी सँग छ? 

हो प्रत्यक्ष नहुन सक्छ तर हामी सबैको चाहाना असल राजनीतिक संस्कारको स्थापना हुनुपर्दछ। त्यस्तो पार्टी निर्माण भए मात्रै देशमा राष्ट्रियता र जनतन्त्रको ग्यारेन्टीको सम्भावना हुन्छ भन्ने मान्यता हो।  हाम्रो मागको सम्बोधन पनि त्यतिबेला नै हुन्छतसर्थ त्यसरी वर्ग पहिचान गरेर पार्टी निर्माण  र आन्दोलनलाई नेकपा (मशाल) ले मात्र अगाडी वढाउन सक्छ भन्ने हाम्रो विश्वास  रहेको ले सोहि पार्टी संग नै हाम्रो सहयोग समर्थन र सम्बन्ध रहने छ ।

तपाइको भन्नु केहि वाकि छ की? 

सर्वप्रथम त हामीसंग बिम्ब अनलाइन मार्फत भेटहुनुभएको हार्दिक स्वागत तथा बधाई दिन्छु । अर्को कुरा भारतस्थित नेपालीका समस्या,माग ,आन्दोलन र सम्पर्क नजिक वाट बिम्ब अनलाइनले हेर्ने र लिने छ  भन्ने बिश्वास गर्दै अखिल भारत नेपाली एकता समाजको तर्फ वाट तपाईहरुको प्रगतिको कामना साथै दिपावलीको हार्दिक शुभकामना व्यक्त गर्दछु।

२०७९ कात्तिक ६ १६:४२ बजे

प्रतिक्रिया