दार्चुलामा ट्याक्टर दुर्घटना परि ज्यान गुमाए २ जनाको पहिचान खुल्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ १४:३५ बजे
death

 काठमाडौं । दार्चुलामा  ट्याक्टर  दुर्घटना हुँदा चालकसहित दुई जनाको  ज्यान गएको छ । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुईको ज्यान गएको हो ।  

ट्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जनाएका छन् ।  सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुप प्र ०२००१ त १४६७ नं को ट्याक्टर शनिबार साँझ  दुर्घटना  परेको हो ।  ट्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। 

दुर्घटना परी मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–५ का अन्दाजी ४५ वर्षीय  ट्याक्टर चालक पञ्चु राना र सोही ट्याक्टरमा सवार शैल्यशिखर–५ का सन्तोषसिंह डागा  रहेका छन् । घाइते हुनेमा शैल्यशिखर–५ का २७ वर्षीय श्यामसिंह डागा र सोही ठाउँका २८ वर्षीय सुरेश डागा रहेका छन् । 

मृतक दुबेको शवलाई  आफन्तलाई बुझाइएकोप्रहरीले जनाएको छ  । घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।  

२०७९ कात्तिक ६ १४:३५ बजे

प्रतिक्रिया