नेकपा (मशाल) विशेष महाधिवेशनद्धारा सशस्त्रजनविद्रोहका कार्यदिशा पारित

दक्षिणपन्थी संशोधनवादीहरू मोहनविक्रम सिह र चित्र बहादुर केसीलाई पार्टी वाट निष्कासित , महासचिवमा सन्तबहादुर नेपाली र प्रवक्तामा राम वहादुर वुढा निर्वाचित ,निर्वाचन बहिष्कार

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १२:२६ बजे
नेकपा (मशाल)- पत्रकार सम्मेलन

बुटवलनेपाल कम्युनिष्ट पार्टी (मशाल)को   ऐतिहासिक विशेष महाधिवेशन हालै लुम्बिनी प्रदेशको एउटा गाँउमा सम्पन्न भएको छ । महाधिवेशनको पहिलो दिन उदधाटनस्त्र को सञ्चालन हुनु पुर्व आयोजक, अथिति , प्रतिनिधि पर्यवेक्षक, स्वयं सेवक ले सामुहिक रुपमा  अन्तराष्ट्रिय गीत गाएर शुरु  गरेका हुन् ।

अध्यक्षता क. कमलले सञ्चालन विरोधले  गरेका हुन् । अतिथि आसन ग्रहणमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) विशेष महाधिवेशन समितिका संयोजक क. सन्त बहादुर नेपाली, नेपाल कम्युनिष्ट ( क्रान्तिकारी माओवादी) का का.वा. महासचिव क. सि.पि गजुरेल, नेपाल कम्युनिष्ट पार्टी (वहुमत)का  सँयोजक क. धर्मेन्द्र बास्तोला, भारतीय कम्युनिष्ट पार्टी (माले रेडस्टार) का प्रतिनिधि क. तुहिनदेव, वैधानिक मोर्चाका तर्फ वाट क. प्रकरण, क. गोविन्द्र सिह थापा– संस्थापक अध्यक्ष मुलप्रावह अखिलभारत नेपाली एकता समाज,क.अर्जुनमुलप्रवाह अखिल भारत नेपाली एकता समाज,क.रक्तिम–सास्कृतिक मोर्चा,क. प्रशान्त –अन्तराष्टिय नेपाली एकता समाज ,क. रण वहादुर –मजदुरमोर्चाक,क.वताङ –युवा मोर्चा ,क. प्रकृति –महिला मोर्चा ,क.राजेन्द्र –शिक्षक मोर्चा  ,क.अभियान –विधार्थिमोर्चा क.विद्रोहि– किसान मोर्चा , (क.हिमाल)क.जनजाति मोर्चाक.लेखक– दलित मोर्चा ,क. धनन्जय–  वुध्दिजिवि मोर्चा, क.जिवन– पत्रकार मोर्चा को आशनग्रहण पछि ज्ञातअज्ञात सहिदहरू प्रति १ मि.मौनधारण गरेपछि क. विकासले स्वागत मन्तव्य र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गीत गाएका थिए ।

विशेष महाधिवेशनको उद्घाटन संयोजक सन्त वहादुर नेपालीले मशाल बालेर गर्नु हुँदै उद्घाटन मन्तव्य दिनु दिनु भयो। त्यस पछि शुभकामना मन्तव्य क्रमश नेपाल कम्युनिष्ट ( क्रान्तिकारी माओवादी) का का.वा. महासचिव  सि.पि गजुरेल, नेपाल कम्युनिष्ट पार्टी (वहुमत)का  संयोजक  धर्मेन्द्र वास्तोला , भारतीय कम्युनिष्ट पार्टी (माले रेडस्टार) का प्रतिनिधि तुहिनदेव ले शुभकामना मन्तव्यको क्रममा आफ्नो पार्टीका महासचिव    को  लिखित शुभकामना मन्तव्य वाचन गर्नु भयो। वैधानिक मोर्चाका तर्फ वाट प्रकरणले,  जवसका तर्फ वाट क्रमश दगोविन्द्र सिह थापा ले, अर्जुन ले रक्तिमले  , प्रशान्तले, रण वहादुरले  –, वताङले, प्रकृति ले,राजेन्द्रले,अभियानले, विद्रोहिले,धनन्जयले, जिवनले ,लेखकशुभकामना मन्तव्य दिनु भयो। धन्यवाद मन्तव्य अकवरले दिनुभयो । अध्यक्षता गरिरहुनु भएका कमल ले उदधाटनशत्र समापन  गरेका जनाइएको छ । 

वक्तव्य मा भनिएको छ की आठौँ महाधिवेशनले दक्षिणपन्थी संशोधनवादी नीति पारित गरे पछि त्यतिबेलाका पार्टी भित्र फरक मत राख्ने सदस्यहरू लाई त्यतिबेलाको पार्टी नेतृत्वले पार्टी सदस्यता वाट वञ्चित गराएको अवस्थामा पार्टी नेतृत्व लाई दक्षिणपन्थी पार्टी नीतिलाई सच्याएर सबै पार्टी सदस्यहरूलाई पार्टीमा पुनस्थापना गर्न पटक–पटक आग्रह गर्दा तत्कालीन नेतृत्वले अस्विाकार गरे पछि २०७८ मसिर ८ र ९ गते राष्टिय भेला गरी  नेकपा (मसाल) समन्वय समिति गठन गरेका थियौ। तत्कालीन अवस्थामा समन्वय समितिले विशेष महाधिवेशन आयोजना गर्ने निर्णय अनुसार यो विशेष महाधिवेशन गरिएको छ। यसका साथै यो विशेष महाधिवेशन पाँचौ महाधिवेशन नजिर,परम्परा र स्वयम् आठौँ महाधिवेशनको निर्णयमा आधारित भएर गरिएको छ। आठौँ राजनितिक प्रतिवेदनमा भनएको छकी– “जव पार्टी नेतृत्वले सिदान्त र राजनितिक लाइन लाई गम्भिर प्रकारले गल्ति गर्दछ र पार्टी भित्रको छलफल वा आन्तरिक प्रकृया द्धारा त्यसलाई सुधार्ने कुनै सम्भावना हुदैन त्यस्तो अवस्थामा तल्ला समिति वा पार्टी समितिहरुलाइ  पार्टी नेतृत्वका विरुध्द विद्रोह गर्ने अधिकार हुन्छ।पार्टी भित्रका क्रान्तिकारीहरु ले लामो समय देखि पार्टीका गलत नितिहरु सच्याउन गरेको प्रयास मसाल नेतृत्वले नसुने पछि सातौ महाधिवेशनको क्रान्तिकारी कार्यदिशालाइ अगाडी वढाउनका लागी विद्रोह वाहेक अन्य विकल्प थिएन। सातौ महाधिवेशनको क्रान्तिकारी कार्यदिशालाइ तत्कालीन नेतृत्वले अमान्य गरेर दक्षिणपन्थी लाइन अवलम्वन गरे पछि क्रान्तिकारी कार्यदिशाको रक्षा,निरन्तता र विकासको जिम्मेवारी मसाल भित्रको वामपन्थि –क्रान्तिकारीहरुको काँधमा आएको थियो। जसलाइ देश विदेशमा रहेको हजारौ पार्टी कार्यकर्ता र समर्थकहरुले  विशेष महाधिवेशन गरेर दायित्व पुरा गरेर मसालको विरासतलाइ कायम राखेका छौ। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (मशाल)मोटो “श“ प्रयोग गरिने भएको छ।

आठौँ महाधिवेशन भन्दा पहिले देखि तत्कालिन पार्टी नेतृत्वले दक्षिणपन्थी संशोधनवादी नितिको अभ्यास गर्दै आठौँ महाधिवेशन सम्म पुग्दा क्रान्तिकारी नितिको परिवर्तन गरेर पार्टीलाइ दक्षिणपन्थी विर्सजनवाद तर्फ लगेको हुदा यो महाधिवेशनले सम्पुर्ण दक्षिणपन्थी नीतिलाई खारेज गर्दै मोहनविक्रम सिंह र चित्र बहादुर के.सीलाइ पार्टी वाट निस्काशित गरेको छ।

पार्टी प्रमुखलाइ अहिले सम्म महामन्त्री पदावली प्रयोग गर्दै आएकोमा अवदेखि महासचिव पदावली प्रयोग गरिने छ। पार्टी केन्द्रमा महासचिव र प्रवक्ता को साथै आवश्यकताका आधारमा केन्द्रिय सदस्यहरू खुल्ला हुने छन।प्रदेश तथा जिल्ला,पालिका र वार्डमा समेत आवश्यकताका आधारमा पार्टी नेता खुल्ला हुने छन। पार्टीको मुल संरचना भन्ने पहिले झै भुमिगत रहेने छन।  

पार्टीले देशमा रहेका वामपन्थी क्रान्तिकारी पक्षहरु सित संयुक्त मोर्चाको नीति अन्तर्गत राष्ट्रघात र जनघातका विरुद्ध संयुक्त मोर्चा, कार्यगत एकता वा तालमेल गर्दै सिद्धान्त र विचारमा छलफल गर्दा आधारभूत विचार र राजनीतिमा समान भएका पक्षहरुसित एकिकरण तथा धुव्रीकरणको पहल गर्नेछ । तर दक्षिणपन्थी संशोधनवादसँग कार्यगत एकता मात्र गर्न सकिनेछ । 

पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरिएको छ । “दलितको समस्या राष्ट्रिय समस्या हो” भन्दै महाधिवेशनले दलित भनेको छ “  दलित उत्पीडनको विरोध खाली दलितले गर्नु पर्ने अहिले आम राजनीतिकवृतमा बुझाइ रहेको छ । राजनीतिक दलहरु रमिते बनेर बस्ने गरेको पाइन्छ ।” महाधिवेशनल अन्य जातीय र क्षेत्रीय संगठनहरु पनि हटाउने बारे आगामी दिनमा छलफल चलाउने छ । हाम्रो पार्टी अहिले पनि जन संघर्षलाई नै संघर्षको प्रधान स्वरुप मान्दछ । तर सामन्तवाद, दलाल नोकरशाी पुँजीवादसित संघर्ष निर्णायक अवस्थामा पुगेको अवस्थामा बल प्रयोग हुनु जरुरी छ । त्यो अवस्थामा अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नव औपनिवेशिकरणको अन्त्य  गर्ने र नयाँ जनवाद स्थापनाको सवालमा ग्रामीण वर्ग संघर्ष र शहरिया सशस्त्र जनविद्रोह नै निर्णायक बल प्रयोगलाई स्वीकार गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने संसदीय  निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने आयोजक समितिको निर्णयलाई महाधिवेशनले पारित गरेको छ । त्यसका साथै कार्तिक भरी  गर्ने बहिस्कार आन्दोलनको कार्यक्रम पनि बनाएको छ ।

संसदीय निर्वाचन बहिस्कार गर्ने अन्य पार्टी, संगठन वा समूहसित संयुक्त प्रकारले पनि आन्दोलन अगाडि बढाइनेछ । महाधिवेशनले  सन्तबहादुर नेपाली महासचिव र राम बहादुर बुढा प्रवक्ता रहेको २५ पुर्ण १० वैकल्पिक गरी  ३५ सदस्यीय केन्द्रीय समितिको निर्वाचन भएको कुरा २०७९ कार्तिक ३ गते वुटवलमा भएको पत्रकार सम्मेलनमा जनाइएको छ ।  

२०७९ कात्तिक ३ १२:२६ बजे

प्रतिक्रिया