कर्जा प्रवाह साना र घरेलु उद्योगलाई विशेष प्राथमिकता

कर्जा प्रवाह साना र घरेलु उद्योगलाई विशेष प्राथमिकता

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १७:२२ बजे
मौद्रिक नीति

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीति मा साना र घरेलु उद्योगलाई विशेष प्राथमिकता दिइएको छ ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गरिने नीति लिइएको छ।

गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा प्रवाहमा कडाइ गरिने जानकारी गराएका हुन्। उनले कर्जालाई उत्पादनशील क्षेत्रमा प्राथमिक दिइने कार्यदिशा लिइएको बताए। ‘कोभिडका बेला उपलब्ध गराइएको सहुलितपूर्ण कर्जामा कटौती गर्दै लगिनेछ’, उनले भने, ‘कृषिलगायतका उत्पादनशील क्षेत्रमा मात्रै कर्जा उपलब्ध गराइनेछ। साना र घरेलु उद्योगलाई कर्जा प्रवाहमा विशेष प्राथमिकता दिइनेछ।’ 

२०७९ साउन ६ १७:२२ बजे

प्रतिक्रिया