नेप्सेमा दोहोरो अङ्कको गिरावट, ४ अर्ब १५ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आजपनि दोहोरो अङ्कको गिरावट आएको छ । आज बुधवार नेप्से ११.०५ अङ्कले घटेर २६२५.०५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४७ कम्पनिका एक करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मा कारोबार भएको थियो । आज बैंकिंग र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।
आज, सबैभन्दा बढी सानिमा लार्ज क्यापको शेयर ३।२६ प्रतिशतले बढेको छ भने कुमारी सबल योजनाको ३.१७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ८.६३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड २४ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया