नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ८ १६:१९ बजे

काठमाडौं। नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने बढेको छ ।

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर ५.०५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ३.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मानुषी लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी होटल शोल्टीको ३२ करोड १७ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको ३० करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

 

२०८३ मंसिर ८ १६:१९ बजे

प्रतिक्रिया