सवारी दुर्घटनामा परी एकजनाको ज्यान गयो

उनलाई ठक्कर दिने सवारीसाधन नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० ०७:०४ बजे
सवारी दुर्घटना

काठमाडौं । दाङको लमही नगरपालिका–७ मा दुर्घटनामा परेर एकजनाको  ज्यान गएको छ ।  पूर्व–पश्चिम राजमार्ग किनारमा भएको दुर्घटनामा लमही नगरपालिका ७ का अन्दाजी ५० वर्षीय लिलाराम चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारको क्रममा लमही अस्पतालमा उनको ज्यान गएको हो । प्रहरीका अनुसार उनलाई ठक्कर दिने सवारीसाधन नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको  छ । 

२०७९ असोज १० ०७:०४ बजे

प्रतिक्रिया