‘प्रेमगीत-३’ काे आजसम्मको मकाई रेकर्ड

फिल्म नेपाली तथा हिन्दी भाषामा डब गरिएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ २२:२२ बजे
प्रेमगीत-३

काठमाडौं । नेपाल तथा भारतसहित विश्वका विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ ले राम्रो कमाई गरेको छ । फिल्म  नेपाली तथा हिन्दी भाषामा डब गरिएको हो । 

यो फिल्मले नेपालमा मात्र नभएर अरु देशका पनि राम्रो व्यापार गरेको छ । यो फिल्म विश्वका विभिन्न ५० देशमा एक साथ प्रदर्शन आएको हो । सामाजिक सञ्जालमा आइतबार साँझ शुक्रवार तथा शनिवारको बक्स अफिस रिपोर्ट प्रस्तुत गर्दै अभिनेता खड्काले दुई दिनमा विश्वभरीबाट यो फिल्मले ८ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताएका छन् । 

यो फिल्मले शुक्रवार ४ करोड ८४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो भने शनिवार ३ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको  उनले बताएका छन् । 

भारतमा नेपाली तथा हिन्दी भाषाका फिल्मले शुक्रवार १ करोड १२ लाख भारु आम्दानी गरेको थिया भने शनिवार ८३ लाख भारु कमाएको थियो ।

नेपालमा भने यसले नेपाली भाषामै प्रदर्शन भएर शुक्रवार २ करोड ५ लाख रुपैयाँ तथा शनिवार २ करोड २० लाख रुपैयाँ बराबर ग्रस कलेक्सन गरेको उनले बताएका छन्। । नेपालमा मात्र यसले दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका अभिनेता खड्काको भनाइ छ ।

नेपाल तथा भारतबाहेक विश्व अन्य मुलुकमा भने यसले दुई दिनमा कुल २ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । विश्वका अन्य मुलुकमा नेपाली तथा हिन्दी भाषामा यो फिल्म प्रदर्शन भैरहेको छ ।

२०७९ असोज ९ २२:२२ बजे

प्रतिक्रिया