गैँडाको खागसहित काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ परेका व्यक्ति सार्वजनिक

छापा मार्दा गैँडाको गेस्ट हाउसमा लुकाएर राखिएको अवस्थामा खाग १ थान फेला परेको प्रहरीले जानकारी दिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ २२:०५ बजे
-पक्राउ

काठमाडौं।  काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट दु गैँडाको खागसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे २ उनिहरुलाई पक्राउ गरेको हो। दोलखाको शंकर गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुमको उत्तरगंगा गाउँपालिका–८ घर भएकी ३९ वर्षीया प्रेम कुमारी घर्तीलाई प्रहरिले पक्राउ गरेको हो । 

टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रको न्यू रुकुम गेस्ट हाउसमा केही व्यक्तिहरुले गैंडाको खाग लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । 

छापा मार्दा गैँडाको गेस्ट हाउसमा लुकाएर राखिएको अवस्थामा खाग १ थान फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 


२०७९ असोज ९ २२:०५ बजे

प्रतिक्रिया