नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य खानेपानी पाइप चोरी आरोपमा पक्राउ

थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ २१:२० बजे
वडा सदस्य

काठमाडौं । कास्कीमा चोरी गरेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नं। १ का खरजंग गुरुङलाई प्रहरिले पक्राउ गरेको हो ।

उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।        

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार गुरुङलाई असोज ५ गते राति १२ बजे वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरको हो ।  

गुरुङलाई चोरी आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । गुरुङले चोरी गरेको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ हुने बताइएको छ । 

२०७९ असोज ९ २१:२० बजे

प्रतिक्रिया