भ्रमणका लागि बजेट नदिएपछि मेयरमाथि विद्यार्थीले गरे आक्रमण, त्यसपछि भयो यस्तो हालत

उनले जनता समाजवादी पार्टी र एमालेका नेताहरूको उक्साहटमा आफूमाथि आक्रमण प्रयास भएको आरोप लगाउनुभयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ २०:३६ बजे
मेयरमाथि विद्यार्थीले गरे आक्रमण

काठमाडौं । भ्रमणका लागि बजेट नदिएको भन्दै मेयरमाथि विद्यार्थीले आक्रमणको प्रयास गरेका  छन् ।   रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि विद्यार्थीहरूले आक्रमणको  गरेका हुन् । आइतबार नगरपालिकाको प्राङ्गणमा विद्यार्थीहरूले उनी माथि आक्रमण  को प्रयास  गरेका हुन् । 

शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले यादवमाथि आक्रमणको प्रयास गरेका हुन् ।

प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो । नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जनाएका छन् । झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् । प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेर स्थित नियन्त्रणमा लिएको बुढाथोकीले जनाएका छन् । 

विद्यार्थी र प्रहरीबीच करिब डेढ घण्टा ढुंगा हानाहान भएको थियो । नगरप्रमुख यादव चढ्ने सरकारी नम्बर प्लेट ना १ झ १६९३ गाडीमा ढुंगामुढा गरी क्षतिग्रस्त बनेको छ । विद्यार्थीहरूले गरेको ढुङ्गामुढाबाट पालिकाको कम्युप्टर, टेबुल, कुर्मीलगायतका सामानहरूसमेत तोडफोड भएको मेयर यादवले बताए ।

उनले जनता समाजवादी पार्टी र एमालेका नेताहरूको उक्साहटमा आफूमाथि आक्रमण प्रयास भएको आरोप लगाउनुभयो । केही वडाध्यक्ष र प्रध्यानाध्यापकले विद्यार्थीलाई प्रयोग गरी आक्रमण गराएको उनको आरोप छ । उहाँ जसपाबाट निर्वाचित हो ।

आधारभूत विद्यालयका प्रधानाध्यापक हरेन्द्र प्रसाद यादवमाथि पनि उहाँले आरोप लगाउनुभएको छ । विद्यार्थीलाई पेट्रोल दिएर आगो लगाउन उकासएको उहाँमाथि आरोप छ ।

२०७९ असोज ९ २०:३६ बजे

प्रतिक्रिया