गोरु मारेर फरार भएका स्याङ्जाका दमै पक्राउ

आरोपित दमै असोज ६ गते पक्राउ परेका हुन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ १५:५६ बजे
गोरु मारेर फरार भएका स्याङ्जाका दमै पक्राउ

काठमाडौं । गोरु मारेर फरार भएका एक जनाई पक्राउ गरिएको छ । गोरु मारेर फरार भएका ख्यामबहादुर दमै पोखराबाट पक्राउ परेका हुन् ।  जिल्ला अदालत स्याङ्जाले १३ महिना पाँच दिनको कैद सजाए तोकेपछि फरार उनी एक वर्षपछि पक्राउ परेका हुन।

अर्जुनचौपारी गाउँपालिका ४ का ३१ वर्षीय दमैलाई २०७८ असोज ७ गतेको फैसलाले गोरु मारेको मुद्दामा कैद तोकेको हो ।  

प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा बुझाएपछि कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक रविन्दप्रसाद खनालले बताएका छन्  । आरोपित दमै असोज ६ गते पक्राउ परेका हुन्।

२०७९ असोज ९ १५:५६ बजे

प्रतिक्रिया