डडेल्धुरामा भारी वर्षा, भित्रि मधेशमा बाढीको कहर (फोटोफिचर )

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ १२:३४ बजे
डडेल्धुरामा भारी वर्षा

डडेल्धुरा । गएरातिदेखी डडेल्धुरामा भारी वर्षा भइरहेको छ। लगातार पानि परेसँगै  जिल्लाका भित्रीमधेशमा पर्ने रंगुन, पुन्तुरा, सुनखोलालगायतका नदीमा पानीको सहत ह्वात्तै बढेको  छ।


नदी आसपासका क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीले जिल्लाको आलिताल गाउँपालिका–३ धुलिखेतको धानवालीमा ठूलो क्षति पुयाएको निवर्तमान वडाध्यक्ष लोकेश महराले जानएका छन् । 


भित्रीमधेसका अन्य क्षेत्रमा पनि बाढीले क्षति गरेको  छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।



२०७९ असोज ९ १२:३४ बजे

प्रतिक्रिया