घट्यो सुन चाँदीको मुल्य

आज ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ ११:३९ बजे
घट्यो सुन चाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज  सुन चाँदीको मुल्य ओरालो लागेको छ । नेपाली बजारमा आज तोलामा एक हजार रुपैयाँले सुनको मुल्य ओरालो लागेको हो । आज ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

२०७९ असोज ९ ११:३९ बजे

प्रतिक्रिया