नेप्से ८.६६ अंकले बढ्यो, ६ अर्ब १४ करोडको कारोबार
काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५६ कम्पनिका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनिको शेयर १०.९८ प्रतिशतले बढेको छ भने हिमालय उर्जा विकास कम्पनिको शेयर ८.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उन्नति सहकार्य लघुवित्तको शेयर ३।३० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालय उर्जा विकास कम्पनिको ३४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कुमारी बैंकको २२ करोड १९ लाख बराबरको कारोबार भएको छ ।.
प्रतिक्रिया