काठमाडौंको बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको ज्यान गयो

। ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ ११:२४ बजे
स्कुटर चालकको ज्यान गयो

 काठमाडौं । काठमाडौंको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको ज्यान गएको छ ।  गोरखाको बार्पाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङको ज्यान गएको हो ।  

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा  ज्यान गएको हो ।

नारायणगोपाल चोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे ठोक्किएका थिए । ट्याक्सीसहित चालकलाई प्रहरी बृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ । 

२०७९ असोज ९ ११:२४ बजे

प्रतिक्रिया