मोटरसाइकल चोरी गर्ने एक किशोर पक्राउ

गत भदौमा हराएको उक्त मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौंको हात्तीगौंडा बस्दै आएका पहलकुमार मगरको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ९ ११:१५ बजे
मोटरसाइकल चोरी

काठमाडौं । मोटरसाइकल चोरी गरेको  आरोपमा एक किशोर पक्राउ परेका छन् । रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको टोखा बस्ने १९ वर्षीय विजय तामाङ  मोटरसाकल चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।  

काठमाडौं महानगरपालिका–२६, सामाखुशीबाट चोरिएको मोटरसाइकललाई तामाङले वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा पक्राउ गरेको हो । हराएको मोटरसाइकल वास्तविक नम्बर बागमती प्रदेश ०२–०२८ प ७७८५ भए पनि तामाङले नम्बर परिवर्तन गरी बा ९प ९०९२ बनाएर चलाएको प्रहरी अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताएका छन् ।  

गत भदौमा हराएको उक्त मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौंको हात्तीगौंडा बस्दै आएका पहलकुमार मगरको हो ।

तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२०७९ असोज ९ ११:१५ बजे

प्रतिक्रिया