कोभिड-१९ को समयमा लिइएको सहुलियतलाई कटौती

कोभिड-१९ को समयमा लिइएको सहुलियतलाई कटौती

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १७:०६ बजे
सहुलियतलाई कटौती

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको छ ।

चालुआर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने उल्लेख गरे । कर्जाको अधिकरण कम गरी उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने भएको छ । कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने जिकिर गरे ।

२०७९ साउन ६ १७:०६ बजे

प्रतिक्रिया