सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नीको नै नक्कली प्रमाणपत्र

उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १५:०० बजे
नक्कली प्रमाणपत्र

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नी हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो । सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन् । 

सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको पनि अख्तियारले जनाएको छ ।

'२०५९ को दफा १६ को उपदफा १ मा परिभाषित झुटा प्रमाणपत्र पेस गरी भ्रषटाचार कसुर गरेको देखिँदा निज शिक्षक सोडारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,' अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।

२०७९ असोज ७ १५:०० बजे

प्रतिक्रिया