सेयर कर्जा २ करोडभन्दा बढी नपाइने, ४ करोडको सीमा हट्यो

सेयर कर्जा २ करोडभन्दा बढी नपाइने, ४ करोडको सीमा हट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १७:०३ बजे
सेयर कर्जा

काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४ प्रतिशतको सिमा हटाएको छ । चालुआर्थिक बर्ष २०७९र०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको तर, कुल १२ कोडको सिमा भने थथावत राखेको बताए।

सो कर्जा कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने वयवस्था हटाउँदै अब प्रतिव्यक्तिले १२ करोडको सीमा राख्दैै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ ।

गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।

२०७९ साउन ६ १७:०३ बजे

प्रतिक्रिया