सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा -यसरि दिन सकिन्छ आवेदन

५१ लाख कित्ता शेयर बिक्रीमा राखेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १२:२६ बजे
सानिमा बैंक

काठमाडौं । सानिमा बैंकको संस्थापक शेयर आजबाट बिक्रीमा आएका छन् । बैंकका ५१ लाख कित्ता आजबाट बिक्रिमा आएका हुन् । 

बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने भएका छन् । 

इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्ने संख्या सहित निवेदन दिनुपर्ने छ ।  

निवेदन दिँदा न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। 

तोकिएको समयभित्र शेयर खरिद आवेदन नपरे संस्थापकभन्दा बाहिरका व्यक्ति तथा संस्थालाई बिक्री गरिने छ । 

२०७९ असोज ७ १२:२६ बजे

प्रतिक्रिया