नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लाभांश घोषणा

४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १२:०५ बजे
निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ । निफ्राले  आर्थिक वर्ष २०७८\७९ का लागि लाभांश प्रस्ताव गरेको हो ।  सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त  लाभांश प्रस्ताव गरेको हो । 

बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने छ । 

२०७९ असोज ७ १२:०५ बजे

प्रतिक्रिया