भक्तपुरमा १५ वर्षिया बालिका बलात्कृत

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १६:०३ बजे
rape

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको   आरोपमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई  प्रहरिले पक्राउ गरेको छ । प्रहरिले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।  

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७९ असोज ६ १६:०३ बजे

प्रतिक्रिया