मैद्रिक नीतिः कर्जा विस्तारमा नियन्त्रण, १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

मैद्रिक नीतिः कर्जा विस्तारमा नियन्त्रण, १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १६:५३ बजे
मैद्रिक नीतिः

काठमाडौं।  राष्ट्र बैंकले कर्ज विस्तारलाई नियन्त्रण गर्ने भएको छ । शुक्रबार चालु आर्थिक बर्ष २०८९र०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको बताए।

कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियनत्रण गर्न खोजेको हो ।

बैंकले गत आर्थिक बर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो । यस्तै वाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९र८० मा कम्तिमा महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौद्रिक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न पनि कर्जा विस्तार नियन्त्रित गर्दै विस्तृत मुद्राप्रदायको विस्तार पनि संकुचन गर्न नीति राष्ट्र बैंकले लिएको छ । गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२ प्रतिशतको लक्ष्य लिएको छ ।

मुद्रास्फीति बजेटले दिएको सुझावअनुसार ७ प्रतिशतमा सीमित गेर्न केन्द्रीय बैंकले जनाएको छ ।

२०७९ साउन ६ १६:५३ बजे

प्रतिक्रिया