वीर अस्पताल क्षेत्रको अवैध संरचनामा महानगरले चलायो डोजर

महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १५:४१ बजे
डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचनामा डोजर चलाएको छ ।  

बिहीबार अस्पतालको आसपासमा अनाधिकृत रुपमा रहेका पसल हटाउन डोजर चलाएको महानगर प्रहरिले जनाएको छ । 

महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो। डोजर चलाउनुअघि पनि पटक(पटक माइकिङ गर्दा पनि नहटाइए पछि महानगरले डोजर चलाएको हो ।

करिब एक महिनादेखि महानगरपालिकाले अवैध संरचना  हटाउने अभियान सञ्चालन गरेको छ। 



२०७९ असोज ६ १५:४१ बजे

प्रतिक्रिया