बाँकेमा बन्दुक देखाएर लुटपाट

लुटपाट गरीसकेपछि अज्ञात समूह घर बाहिरबाट चुक्कुल लगाए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १३:०७ बजे
लुटपाट

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ । बुधवार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरि बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको प्ररिले जनाएको छ ।  

राति १०\११ जनाको समूहले बन्दुक देखाएर घरमा रहेको १० तोला सुन र साढे २ लाख बढि लुटपाट गरेको बताएका प्रहरिले जनाएको छ ।  

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लका अनुसार लुटपाट गरीसकेपछि अज्ञात समूह घर बाहिरबाट चुक्कुल लगाएर फरार भएका हुन्। बिहान मोर्निङ्ग वाक गर्ने व्यक्तिले घरभित्रबाट चिच्याएको आवाज सुनेपछि ढोका खोलिदिएको हो ।  घटनाबारे अनुसन्धान भइरहेको छ ।  


२०७९ असोज ६ १३:०७ बजे

प्रतिक्रिया