वैदेशिक रोजगारमा गएका मृत्यु हुने नेपालीहरूको संख्या बढ्दै

देश नै विदेशमा रहेका नेपालीहरूमा निर्भर

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १२:२१ बजे
पछिल्लो दश वर्ष यताको विवरण

 काठमाडौं । विभिन्न कारणले विदेश जाने नेपालीहरूको  विदेशमा मृत्यु हुनेको  संख्या लगातर बढ्दै गएको छ । नेपालमा पर्याप्त रोजगारी र शिक्षाको  उचित व्यवस्था नभएका कारण नेपालबाट लाखौंको सङ्ख्यामा नेपालीहरू विदेश जाने गरेका छन् । 

यता वैदेशिक रोजगारका लागि विदेश जाने नेपालीहरूको मृत्यु हुनेको संख्या बर्सेनि उकालो  लाग्दै गएको छ । यसरी  विदेशमा कामको सिलसिलामा गएका नेपालीहरूको ज्यान गुमाएको देख्दा  नेपाल वैदेशिक रोजगारको मामलामा पनि आफ्ना नागरिकलाई  किन सुरक्षित  राख्न सक्दैन ।  वैदेशिक रोजगार विभागले हालसालै सार्वजनिक गरेको  तथ्याङ्कलाई  हेर्ने हो भने  करिब चार हजार पाँच सय जनाको  ज्यान गएको छ । 

पछिल्लो दश वर्ष यताको विवरण तालिकामा 



नेपालबाट विदेशमा रोजगारको सिलसिलामा गएर विभिन्न कारणले अंग भंग भएर आउनेको संख्या पनि वषै पिच्छे बढ्दै गएको छ ।  

  देश नै विदेशमा रहेका नेपालीहरूमा निर्भर 

नेपालको नत त्यस्तो व्यापार छ नत निर्यात नै नेपालले  आफ्नो आर्थिक गतिविधिलाई रोजगारको  सिलसिलामा गएकाहरूको भरमा चलाई रहेको छ । यदि नेपालमा रेमिटेन्स आउन बन्द हुने  हो भने नेपालको पनि श्रीलङ्काको जस्तै हालत हुन्थ्यो ।  

नेपालको अर्थ व्यवस्था रेमिटेन्समा रहेको के कुराले पनि प्रमाणित गर्छ भने विगतको वर्षामा विश्वव्यापी कोरोना महामारीका कारणले आर्थिक गतिविधिहरू बन्द जस्तै भएका थिए त नेपालमा पनि ठुलो आर्थिक संकट आई लागको थियो । तर  यता सरकारको भने वैदेशिक रोजगारमा जानेहरूको उचित व्यवस्थापन गर्न सकेको छैन् । सरकार त विदेशमा रहेका नेपालीहरूको समस्यामा मुख दर्शक मात्रै भएको पनि महसुस त्यति खेर हुन्छ जब विदेशमा रहेका नेपालीहरूलाई विभिन्न समस्याले घेरेको  हुन्छ त्यति खेर सरकारले आवश्यक कदम चाल्न सक्दैन ।

२०७९ असोज ६ १२:२१ बजे

प्रतिक्रिया