डेंगुबाट बागमती प्रदेशमा ११ जनाको ज्यान गयो

कहाँ -कहाँ भयो मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ५ १२:३७ बजे
डेंगु

काठमाडौं ।  नेपालका विभिन्न ठाउँमा अहिले डेंगुका विरामी संख्या बढी रहेका छ ।  बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार  संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको  ज्यान गएको हो । 

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एकजना र धादिङमा एक जनाको मृत्यु भएको बताएका छन् ।  

 बागमती प्रदेशमा १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेका छन्। सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन्। 

काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आठ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा     चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

२०७९ असोज ५ १२:३७ बजे

प्रतिक्रिया