सेयर बजारमा निरन्तर पहिरो

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएकाे छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १५:४९ बजे
सेयर बजार

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से आज पनि उच्च अंकले ओरालो लागेको छ ।  नेप्से ३८.८१ अंकले ओरालो लागेको हो ।  आज नेप्से उच्च अंकले ओरालो लागेसँगै  १८३७.६० अंकको विन्दूमा पुगेको छ ।  

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएकाे छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्रतिशतले, इन्भेस्टमेन्ट समूहको उपसूचक ३.१९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.६४ प्रतिशतले  ओरालो लागेका छन् ।  

 माइक्रो फाइनान्स समूहको उपसूचक २.४७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०६ प्रतिशतले घटेको छ । समग्रमा २.०७ प्रतिशतले घटेको बजारमा आज कुल १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।





२०७९ असोज ४ १५:४९ बजे

प्रतिक्रिया