नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक २१ १६:१४ बजे

काठमाडौं । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रवार नेप्से .६४ अङ्कले बढेर २६५५.२२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३६ कम्पनिका एक करोड ७ लाख १३ हजार ८४२  कित्ता शेयर ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।

आज, सबैभन्दा बढी क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.०८ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको शेयर ६.४० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घोराही सिमेन्टको २१ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने स्वेत गङ्गा हाइड्रोको १२ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।

२०८३ कात्तिक २१ १६:१४ बजे

प्रतिक्रिया