चट्याङ लागेर तीन जनाको ज्यान गयो

घटनास्थलमै ज्यान गएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १४:४९ बजे
चट्याङ

काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।   धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै ज्यान गएको हो । 

मकवानपुरको बकैया गाउँपालिका–११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै ज्यान गएको हो ।  

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मंगलबार बिहान ज्यान गएको  हो ।  

आफ्नै घर अगाडि बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।  

२०७९ असोज ४ १४:४९ बजे

प्रतिक्रिया