अनशनरत डा.केसीको पेटमा कडा अल्सरको आशंका

अस्पतालले डा.केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १३:५८ बजे
डा.केसी

काठमाडौं । ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएको छ । उनको स्वास्थ्य  अवस्था जटिल बन्दै गएपछि सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको छ । 

अस्पतालले डा.केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

अनसन बसेको दोस्रो दिनदेखि नै डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

केसीले लिखित रुपमै मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएका कारण समस्या गम्भीर भएको जनाएको छ । 


२०७९ असोज ४ १३:५८ बजे

प्रतिक्रिया