राजेश हमाल, दीपकराज गिरी र किरण गजमेरसहित अन्य कलाकार विभूषण

चारजना कलाकारहरू राष्ट्रदीपद्वारा विभूषित हुने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १४:३५ बजे
विभूषण

काठमाडौं । गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलंकार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिने मानपदवी, अलंकार र पदक पाउनेमा चार दर्जन बढी कलाकारहरू परेका छन् । 

चारजना कलाकारहरू राष्ट्रदीपद्वारा विभूषित हुने भएका छन् ।  वरिष्ठ कलाकार नीर शाह, अभिनेता राजेश हमाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, देउडा गायक नन्दकृष्ण जोशी सुर्कीर्तिमय राष्ट्रदीपरूारा विभूषित हुन लागेको हुन् । 

​ त्यस्तै गायक एवं संगीतकार शम्भु राई, चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, अभिनेता एवं निर्देशक अशोक शर्मा, अभिनेता एवं निर्देशक दीपकराज गिरी, संगीतकार आलोकश्री, संगीतकार दीपक जंगम, गायक आनन्द कार्की, अभिनेता अर्जुन श्रेष्ठ, गायिका ज्ञानु राणा  पनि रहेका छन् ।  

र्कीर्तिमय राष्ट्रदीप मा अभिनेता एवं निर्देशक कृष्णकुमार मल्ल, अभिनेत्री मिथिला शर्मा रहेकी छिन् । 

प्रबल जनसेवाश्रीतर्फ संगीतकार मिलन मोक्तान, गीतकार डा.धर्मराज उपाध्याय, गायक सिताराम पोखरेल, अभिनेता एवं निर्देशक निर्मल शर्मा, अभिनेत्री निरुता सिंह, नगेन सिंह ठकुरी, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट, दयाहाङ राई, गायिका सत्यकला राई रहेका छन् । 

जनसेवाश्री तर्फ गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, अभिनेता प्रदीप खड्का, गायक संगीतकार कमल सौराग, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार दीपक शर्मा, चलचित्र निर्देशक माधवराज खरेल, नृत्य निर्देशक शिवराम वि।क।, चलचित्र निर्देशक रमेश कोइराला, अभिनेता सनम कठायत, अभिनेता कुमार बस्नेत (विक्रान्त), गायक भूपेन्द्र थापा, गायक कुलमान नेपाली, कलाकार मनोहर सुनाम परियार, गीतकार डिल्ली नारायण पाण्डे, गायक शुरेश कुमार नेपाल ९परियार०, संगीतकार सानु कान्छा शाही रहेकी छन् ।  

नेपाल सेवा प्रवीण तर्फ कलाकार विक्रम जंग शाही, कलाकार प्रभाकर शर्मा, कलाकार इन्द्र बहादुर खत्री, कलाकार कृष्ण बहादुर बि।क।, गायक नविन पौडेल, गायक किरण गजमेर  रहेका छन् ।  

२०७९ असोज ३ १४:३५ बजे

प्रतिक्रिया