अछामका पहिरो पीडितलाई नगदसहित राहत

पहिरोमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १३:५५ बजे
नगदसहित राहत

काठमाडौं । अछामका पहिरो पीडितलाई नगद राहत वितरण  गरिएकोछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडित र पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहत वितरण गरेका हुन् । 

शुक्रबार राति अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहत वितरण गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार सरकारले व्यहोर्नेसमेत बताएका छन्। पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन्।

२०७९ असोज ३ १३:५५ बजे

प्रतिक्रिया