सैलुनका विभिन्न सेवाको शुल्क वृद्धी- सामान्य दारी काटेको २००,डिजाइन गरे २५०

सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १३:१० बजे
सैलुन

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका सैलुनहरूले दिने विभिन्न सेवाको शुल्क बढाएको छ ।  अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने भएको छ ।

यसअघि कपाल काटेको १५० रूपैयाँ शुल्क रहेको थियो । दारी काटेको पनि १५० देखि २०० कायम गरिएको छ । सूचीअनुसार सामान्यरूपमा दारी काटेको १२० र विशेषरूपमा काटेको २०० तिर्नुपर्ने छ । दारी डिजाइनिङ गर्दा १५० देखि २५० रूपैयाँ शुल्क तोकिएको छ ।

सूचीअनुसार सबैभन्दा महँगो मूल्य चाहिँ कपाल डेडलक गर्दा लाग्छ । यसका लागि १२ हजारदेखि २५ हजार रूपैयाँ लाग्ने सूचीमा उल्लेख छ । यस्तै, कपाल कर्ली गरेको ३५ सयदेखि ७ हजार रुपैयाँ तिर्नुपर्छ । टाउको मसाज गरेको चाहिँ २०० रूपैयाँ लिइनेछ ।

नयाँ मुल्य सुचि 


२०७९ असोज ३ १३:१० बजे

प्रतिक्रिया