कुलमानलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान गरिदै

९९८ जना विभूषित हुने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १२:२९ बजे
कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ ।

संविधान दिवसको अवसरमा सरकारले  घिसिङ उक्त पदकबाट विभूषित गर्न लागेको हो । आज ९९८  जना विभूषित हुने भएका छन् । 

प्राधिकरणकै एघारौं तहका निर्देशक प्रवल अधिकारी पनि सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् ।

यस्तै प्राधिकरणका अर्का कर्मचारी जयराज भण्डारी पनि यही पदकबाट सम्मानित हुने भएका छन् । यता विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देव सुप्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् ।

२०७९ असोज ३ १२:२९ बजे

प्रतिक्रिया