सुनको मूल्य फेरि घट्यो

आइतबार ३०० रुपैयाँ बढेको थियाे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १२:२३ बजे

काठमाडौं। नेपाली बजारमा आज (सोमबार)  सुनको मूल्य ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार ओरालो लागेको सुनको मूल्य आइतबार ३०० रुपैयाँ बढेको थियो । तर आज फेरि तोलामा ४०० रुपैयाँ घटेको हो ।

आज ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी  महाासंघले जनाएको छ ।  

यता, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ । 

२०७९ असोज ३ १२:२३ बजे

प्रतिक्रिया