डा. केसीको स्वास्थ्य नाजुक बन्यो

अन्यत्रै सार्नुपर्छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १२:१४ बजे
डा. केसी

काठमाडौं ।  धनगढीमा ८ दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै  गएको छ ।  सेती प्रादेशिक अस्पताल धनगढीले केसीको अवस्था नाजुक बन्दै गएको र उनको अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्यवस्था विग्रदै गएकाले उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको बताएको छ ।  

केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका छन्। 

२०७९ असोज ३ १२:१४ बजे

प्रतिक्रिया