झापामा श्रीमान नभएको मौका छोपी बलात्कृर गरेको आरोपमा एक जना पक्राउ

झापामा श्रीमान नभएको मौका छोपी बलात्कृर गरेको आरोपमा एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १६:२१ बजे
rape

काठमाडौं । झापामा १९ वर्षीया  महिलालाई  बलात्कार गरेको  आरोपमा एक जनालाई पक्राउ गरिएको छ । महिलालाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका–९ का ३२ वर्षीय एक जनालाई पक्राउ गरिएको हो । 

महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । 

२०७९ असोज २ १६:२१ बजे

प्रतिक्रिया