निर्वाचन आयोगमा होहल्ला गर्ने तीन जना पक्राउ

निर्वाचन आयोगमा होहल्ला गर्ने तीन जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १६:१० बजे
arrested

काठमाडौं । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गर्ने  तीन जनालाई पक्राउ गरिएको छ । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका अन्य ३ पक्राउ गरिएको प्रहरिले जनाएको छ ।  

 युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटालाई  पक्राउ गरिएको प्रहरिले  जनाएको छ ।  उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी सीताराम रिजालले जानकारी दिए ।

२०७९ असोज २ १६:१० बजे

प्रतिक्रिया