नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १५:४५ बजे
सेयर बजार

काठमाडौं ।  निरन्तर ओरालो यात्रामा  रहेको  नेप्से  साताको पहिलो दिन आज पनि उच्च अंकले ओरालो लागेको छ । सेयर बजार परिसुचक नेप्से आज ३३.९७  ओरालो लागको हो । आज नेप्स ओरालो  लागेसँगै १८७६।४१  बिन्दूमा पुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ ।  बजार ओरालो लागे पनि कारोबार रकममा  भने सुधार आएको छ  ।   

आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ रह्यो । आइतबार दोस्रो बजारमा ग्लोबल आईएमई सम्मुनत स्किम एकको मूल्य ५.३५ प्रतिशत, नेपाल ल्युव आयल ४ प्रतिशत, लक्ष्मी बैंकको मूल्य ३.६६ प्रतिशतले बढेको छ ।

२०७९ असोज २ १५:४५ बजे

प्रतिक्रिया