बाढीका कारण कर्णाली राजमार्गमा समस्या

बाढीका कारण कर्णाली राजमार्गमा समस्या

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १४:४६ बजे
कर्णाली राजमार्ग

काठमाडौं । शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति पुगेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाकामा बाढीले क्षती गरेको छ । 

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुगेको छ । चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेका हुन् ।  

उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेका वडा न. ९का अध्यक्षले जनाएका छन् ।  साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा बाढीले क्षती पुगेको छ ।  ‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा रहेका छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा रहेका छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। चौकुने १० घाटगाउँमा आएको बाढीले केही घरहरु उच्च जोखिममा रहेका उनले बताएका छन् । बाढीका कारण मानविय क्षती  भएको छैन् ।  बाढी पिडितहरुलाई  सुरक्षी स्थानमा राखिएको छ । चौकुनका स्थानिय सडकहरु बाढीकारण अवरुद्ध भएका छन् ।   

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, दैलेख सडक पनि प्रभावितअविरल बर्षासँगैको खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको कल्यानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले बताएका छन् । अवरुद्ध सडक खुलाउन डोजर पठाइएको उनले  बताएका छन् ।   

सुर्खेत दैलेख सडक खण्डको गोठीकाँडामा खसेको पहिरोका कारण ठूला सवारी साधन अवरुद्ध बनेका छन् । ठूलो ढुंगा सडकमा खसेपछि साना सवारी बाहेक ठूला सवारी सञ्चालनमा कठिनाइ रहेको प्रवक्ता कार्कीले बताए । ढुंगा हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

२०७९ असोज २ १४:४६ बजे

प्रतिक्रिया