मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि चालकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १४:३५ बजे
मोटरसाइकल दुर्घटना

काठमाडौं  । धनुषामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुादा एक जनाको ज्यान गएको छ ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको ज्यान गएको हो ।  

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका(१६ का ३० वर्षीय माधव श्रेष्ठ रहेका छन्। जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २\०२\००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे नियन्त्रण गुमाएर पल्टिँदा उनी घाइते भएका थिए। 

घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउन साथ मृतयु भएको हो ।   

२०७९ असोज २ १४:३५ बजे

प्रतिक्रिया