२० औँ सत्याग्रह(अनसन) बसिरहेका डा.केसीलाई नागरिक समाजको ऐक्यबद्धता

२० औँ सत्याग्रह (अनसन) बसिरहेका डा.केसीलाई नागरिक समाजको ऐक्यबद्धता

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १३:४२ बजे
डा.केसी

 काठमाडौं ।  चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा अनसनरत डा. गोविन्द केसीको सत्याग्रहमा नागरिक समाजले ऐक्यबद्धता जनाएको छ ।  २० पटक औँ सत्याग्रह  बसेका डा. केसीको जीवन रक्षा र उनले उठाएको माग सम्बोधनका लागि दबाब दिन समाजले ऐक्यबद्धता जनाएको हो ।

सत्याग्रहको सातौँ दिन पुग्दा डा. केसीको अवस्था थप जटिल बन्दै गएकाले उनको जीवन रक्षा गर्न नागरिक समाजको माग रहेको छ । जीवन रक्षाको मागसहित सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँदै नागरिक समाजका बुद्धिजीवी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, अभियन्तालगायतले धनगढीको पार्क मोडमा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेको छ ।  

रका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरूको तत्कालको दरबन्दी हालको बेड सङ्ख्या अनुसार बढाइनु पर्ने माग गरेका छन् । जनसङ्ख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने उनको माग छ ।

२०७९ असोज २ १३:४२ बजे

प्रतिक्रिया